काठमाडौँ । स्वीडेनको ओरेब्रो शहरको एक विद्यालयमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । स्विडेनी प्रहरीले यसको पुष्टि गरेपनि गोलीबारीमा कति जना घाइते भए भन्ने यकिन प्रहरीले अझै गर्न सकेको छैन ।
घटनास्थलबाट बाहिर आएको भिडियोमा ठूलो संख्यामा प्रहरी र अन्य आपतकालीन सवारी साधनहरू देख्न सकिन्छ । यसबाहेक, विद्यार्थीहरू नजिकैका भवनहरूमा पनि आश्रय लिइरहेको देखियो। गोलीबारीपछि विद्यालयका अन्य भागहरू खाली गराइएको थियो ।
स्विडेनी मिडियाका अनुसार प्रधानमन्त्री उल्फ क्रिस्टरसनले यो 'सम्पूर्ण स्वीडेनको लागि धेरै दुखद दिन' भएको बताए । क्याम्पस रिसबर्गस्का भनिने यस विद्यालयमा २० वर्षभन्दा माथिका मानिसहरू अध्ययन गर्छन् । यो स्कूल स्टकहोमबाट लगभग २०० किलोमिटर (१२५ माइल) पश्चिममा अवस्थित छ । जसले २० वर्षभन्दा माथिका विद्यार्थीहरूलाई प्राथमिक र उच्च माध्यमिक शिक्षा, आप्रवासीहरूका लागि स्विडिश भाषा कक्षाहरू, व्यावसायिक तालिम प्रदान गर्दछ ।
घटनापछि प्रहरी गाडी र एम्बुलेन्सहरू विद्यालय वरपरको क्षेत्रमा पुगेका थिए भने घटनास्थलमा हेलिकप्टर पनि उपस्थित थियो ।