• २०८१ माघ ११ शुक्रबार

भारतमा रेल दुर्घटनामा नेपालीको मृत्यु भएकोमा परराष्ट्रमन्त्री आरजुद्वारा दुख व्यक्त

kharibot

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको बताएकी छिन् । उनले उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र उनीहरुका परिवारजनमा समवेदना व्यक्त गरेकी छिन् ।

साथै, उनले यस विषयमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग फोनमार्फत कुरा गरेको जानकारी गराएकी छन् ।

उनले लेखेकी छिन्-

भारतको महाराष्ट्रमा हिजो भएको रेल दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले निकै दुःख लागेको छ । यस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा उहाँहरुका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई फोन सम्पर्क गरी उद्वार एवं घाइतेहरुको स्वास्थ्य उपचारमा तदारुकताका लागि भारत सरकार र सम्बद्ध सरोकारवालाहरुसँग आग्रह गरेकी छु ।

उक्त दुर्घटनामा अहिलेसम्म चार नेपालीसहित १९ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै