• २०८१ माघ ११ शुक्रबार

ट्रम्पसमर्थित 'स्टारगेट' एआई परियोजनाको विरोधमा मस्क

kharibot

काठमाडौँ । टेस्लाका मालिक एलोन मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानबीचको विवाद अझ बढ्ने संकेत देखिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टम्यानसहितको लगानीमा  आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टारगेट परियोजनाको घोषणा गरेपछि मस्कले अल्टम्यानलाई फेरी निशाना बनाएका हुन् । ट्रम्पले स्टारगेट कम्पनी मार्फत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ओरेकल, सफ्टबैंक र ओपन एआईसँगको साझेदारीमा ५०० अर्ब डलर लगानी गर्ने घोषणा गरेका थिए । यो आईटी क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजना हुने विश्वास गरिएको छ ।

यो परियोजना घोषणा भएसँगै मस्कले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै उनीहरुसँग यति धेरै रकम नभएको लेखेका छन् ।

मस्क र ओपनएआईका कार्यकारी प्रमुख साम अल्टम्यानबीच कानुनी लडाई समेत जारी रहेका बेला अल्टम्यानले ट्रम्पमार्फत नयाँ परियोजनाको घोषणा गर्नुले मस्क र ट्रम्पबीचको सम्बन्धको प्रश्न उठाउन थालिएको  छ । मस्कले अल्टम्यानले ओपनएआई शुरु गर्दा गैरनाफा मुलक संस्था बनाउने भन्दै शुरु गरेको तर पछि नाफा मुलक संस्था बनाएको भन्दै मुद्धा दायर गरेका छन् । ओपनएआईमा मस्क शुरुवाती लगानीकर्ता समेत थिए । मस्कले अल्टम्यानलाई विश्वास गर्न नसकिने पटक पटक बताउदै आएका छन् ।

तर राष्ट्रपति ट्रम्पले अल्टम्यानसहितको टिमबाट नयाँ परियोजना शुरु गरेकाले अब मस्कसँग उनको सम्बन्धमा असर गर्ने र दुवैबीच फाटो ल्याउन सक्ने विश्लेषण शुरु भएको छ । ट्रम्पलाई दोस्रो पटक ह्वाइटहाउसमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका मस्कले नयाँ परियोजना स्टारगेटको खुलेर विरोध गर्न शुरु गरेका छन् ।  अर्कोतर्फ ट्रम्पका विरोधी मानिने अल्टम्यान कसरी अहिले नजिक भए भन्ने अड्कलबाजी समेत शुरु भएको छ । 
                 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै