• २०८१ माघ १० बिहीबार

वरुण र अभिषेक चम्केपछि इङ्ल्यान्डविरुद्ध भारतको विजयी शुरुवात

kharibot

काठमाडौँ । भारतले इङ्गल्याण्डविरुद्धको पहिलो टी-२० खेल जितेको छ । बुधबार राति कोलकाताको इडेन गार्डेनमा खेलिएको पहिलो टी-२० खेल भारतले सात विकेटले जितेको हो ।

खेलमा भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे। पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डको टोलीले २० ओभरमा १३२ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ६८ रन बनाए भने भारतका लागि वरुण चक्रवर्तीले सर्वाधिक तीन विकेट लिए । यसबाहेक अक्षर पटेल, हार्दिक पाण्ड्या र अर्शदीप सिंहले २-२ विकेट लिएका थिए ।

१३३ रनको लक्ष्य पछ्याएको भारतले १२.५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि ओपनर अभिषेक शर्माले ३४ बलमा पाँच चौका र आठ छक्काको मद्दतले ७९ रनको इनिङ खेलेका थिए ।

त्यस्तै सन्जु सामसनले २६, तिलक बर्माले १९ रन बनाएका थिए । त्यस्तै इङ्ल्यान्डका बलर जोफ्रा आर्चरले २ र आदील राशिदले एक विकेट लिएका थिए । 

यो जितपछि ५ खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । दुवै टोली तीन खेलको एकदिवसीय सिरिज पनि खेल्दै छन् । अब सिरिजको दोस्रो खेल शनिबार चेन्नईमा हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै