काठमाडौँ । बलिवुड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आफ्नै घरमा छुरा प्रहार भएको पाँच दिनपछि सैफ अली खानलाई मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
गत बिहीबार बिहान, एक व्यक्ति मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमा प्रवेश गरे र उनलाई ६ ठाउमा छुरा प्रहार गरेपछि उनी घाइते भएका थिए ।
सैफ अली खानको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कुको टुक्रा निकालिएको डाक्टरले बताएका थिए । तर उनी अहिले ठिक भएर घर फर्किएका छन् ।
मुम्बई प्रहरीले घटनामा संलग्न व्यक्तिलाई ठाणेबाट पक्राउ गरिसको छ । आक्रमणकारीको बारेमा जानकारी दिँदै प्रहरीले मोहम्मद शरीफुल इस्लाम शहजाद नामक व्यक्ति सैफको घरमा चोरी गर्ने उद्धेश्यले पुगेको बताएको छ । उनी बंगलादेशी नागरिक हुनसक्ने र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।