• २०८१ माघ ६ आइतबार

कांग्रेसद्वारा कोशीका पूर्व मुख्यमन्त्री थापामाथि झापामा भएको आक्रमणको भत्सर्ना

kharibot

काठमाडौँ ।  नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापामा गरेको आक्रमणको घोर निन्दा र भत्सर्ना गरेको छ ।

नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक थापामाथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको छ ।

कांग्रेसले थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कारवाहीका लागि सरकारसँग माग गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै