काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोना गेटाफेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बार्सिलोनाले खेलको नवौं मिनेटमा जुलेज कोउन्डेको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन भने असफल भएको थियो । गेटाफेका लागि खेलको ३४औं मिनेटमा माउरो आरामबारीले बराबरी गोल गरेका थिए ।
यो बराबरीपछि बार्सिलोनाको २० खेलमा ३९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी गेटाफेको २० खेलमा २० अंक भएको छ र लिगमा १६औ स्थानमा छ ।