• २०८१ माघ ४ शुक्रबार

एकीकृत समाजवादीको पत्रकार सङ्गठनमा विद्रोह

kharibot

काठमाडौं । पार्टी फुट्ने हल्लाका बीच नेकपा एकीकृत समाजवादीको भातृ संगठन समाजवादी प्रेस सङ्गठन नेपाल फुट्ने निश्चित भएको छ । संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहित आज संगठन छोडेर नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गर्ने भएका छन् ।

प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्षसमेत रहेका सुवेदीसहित केही पदाधिकारी र ठूलो संख्यामा केन्द्रीय सदस्यहरु आज प्रेस चौतारीमा जान लागेका हुन् । गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको बेलामा पनि संगठनका झण्डै तीन दर्जन पत्रकार नेताहरु चौतारीमा प्रवेश गरेका थिए ।

एक अनलाइनमा प्रकाशित लेखको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीले आफ्नै पत्रकार संगठनका अध्यक्ष सुवेदीलाई स्पष्टिकरण सोधेको थियो । बुधबार सुवेदीलाई उपमहासचिव रामकुमार भट्टराईले २४ घण्टे प्रष्टीकरण सोधेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै