• २०८१ माघ ४ शुक्रबार

राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा गृहमन्त्रीसँग छलफल हुदै

kharibot

काठमाडौँ । राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गृहमन्त्री रमेश लेखकसँग छलफल हुने भएको छ ।

छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लेखकलाई बोलाएको छ । बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो ।

राष्ट्रिय परिचय पत्र राहदानी बनाउन, बैंक खाता खोल्न लगायतमा अनिवार्य गरिएपनि यसको सान्दर्भिकता बारे आमरुपमा प्रश्न उठ्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै