काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम सम्झौतालाई अनुमोदन गर्न बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित गरेका छन् ।
नेतान्याहूले हमासले सम्झौतामा अन्तिम समयमा परिवर्तनहरू माग गरेको आरोप लगाउदै मन्त्रिपरिषद्को बैठक स्थगित गरेको जनाएका हुन् ।
यस विषयमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कुराकानी मिलाइएको छ र युद्धविराम योजना अनुसार आइतबारबाट सुरु हुने विश्वास व्यक्त गरेका छन् ।
इजरायली प्रतिनिधिमण्डलले सम्झौतामा सहमति जनाएपछि पनि सुरक्षा मन्त्रिपरिषद् र सरकारको स्वीकृति बिना यो कार्यान्वयन हुन सक्दैन ।
हमासले सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ, तर यो सम्झौता अन्तर्गत रिहा गरिने प्यालेस्टिनी कैदीहरूको सूचीमा आफ्ना केही सदस्यहरूको नाम थप्न प्रयास गरिरहेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।