• २०८१ माघ ३ बिहीबार

पाँच दिन काम गर्न र दुई दिन जनतामा जान सभापति देउवाको मन्त्रीहरुलाई निर्देशन

kharibot

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना मन्त्रीहरुलाई दुई दिन जनतामाझ जान निर्देशन दिएका छन् ।

बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मन्त्रीहरु र संसदीय दल कार्यसमितिको बैठकमा मन्त्रीहरुलाई निर्देशन दिदै ५ दिन प्रतिवद्ध भएर काम गर्न र दुई दिन जनताका पीरमर्का बुझ्न निर्देशन दिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

घिमिरेले भने-‘हप्तामा दुई निश्चित दिन मन्त्रीहरूले खुला भेटघाट गर्ने, पार्टीको बीचमा गएर आलोपालो सिस्टमबाट कार्यकर्तासँग भेटघाट गर्ने नागरिकको गुनासो सुन्ने, बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिएको छ ।’

बैठकमा सभापति देउवा लगायतका नेताहरुले अध्यादेश सल्लाहमा आएको र अनावश्यक चर्चा गर्नू आवश्यक नभएको निष्कर्ष निकालेको घिमिरेले जानकारी दिए । उनले भने- ‘अध्यादेशको विषयमा हामी स्पष्ट छौं । सल्लाह गरेरै अध्यादेश ल्याइएको हो । अध्यादेश ल्याउन तत्कालै जरुरी थियो ।'

बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा पनि छलफल भएको थियो । छलफलपछि सरकारमा कुनै पनि समस्या नरहेको निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए । ‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा छलफल भएको छ ।’

त्यस्तै बैठकले दिलेन्द्र बडूको नेतृत्वमा संसदीय दल अनुशासन समिति गठन गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै