काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका केही भू-भागमा हुस्सु /कुहिरो तथा बाँकी तराईका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ र यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
बागमती प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।