काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदालतबाट निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटना स्वीकार्य नभएको बताएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनितिक दलको लागि स्वीकार्य नभएको उल्लेख गर्दै यस घटनामा पार्टीका कुनै सदस्यको संलग्नता देखिएमा कारवाही गर्ने बताएका छन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले जाहेरीवालाको तर्फबाट बहसगरेको भन्दै अदाल परिसरमा बुधबार आक्रमण भएको थियो ।