• २०८१ माघ २ बुधबार

राष्ट्रिय कृषि जैविक बिबिधता दिवस तथा सप्ताहमा मुना बजारको सक्रिय सहभागिता

kharibot

काठमाडौँ । मुना कृषि लिमिटेडले स्थापनाकालदेखि नै नेपालको कृषि जैविक बिबिधतालाई सामाजिक उध्यमशिलतामा आधारित व्यवसाय प्रवर्धन गर्दै आएको छ । नेपालको ६८ जिल्लाबाट स्थानीय, रैथाने र सुरक्षित खाद्दबस्तुहरुलाई उत्पादकबाट सिधै संकलन गरेर आँफै प्रशोधन गरी आफ्नै मुनाबजार शाखाहरुबाट बिक्री बितरण गर्दै आएको छ ।

गैर आवासीय नेपालीहरुबाट शुरुवात गरिएको यो व्यवसाय सँगसँगै यो एक अभियान पनि हो । नेपाल बाहिरका नेपाली समुदायलाई पनि लक्षित यो व्यावसायिक अभियान अन्तर्गत मुनाले खाडी मुलूक, युरोप अमेरिका र अष्ट्रेलियाका मुलूकहरुमा प्रत्यक्ष परोक्ष रुपमा ताजा तरकारी तथा फलफुल र नेपाली गुणस्तरीय खानेकुरा र जडिबुटीजन्य बस्तुहरु निर्यात गरी रहेको छ ।

नेपाल सरकारले ढिलै भए पनि मुना जस्ता निजी क्षेत्रहरुले शुरुवात गरेको चेतनामूलक र दिगो पर्याबरण तथा रैथाने खानेकुरा र प्रबिधिलाई सम्बोधन गर्दै जैविक बिबिधता दिवस र सप्ताह मनाउन लागेको छ । कृषिमा निजी क्षेत्रले लामो संघर्ष र व्यावसायिक यात्रााको सारलाई सम्बोधन गर्न नेपाल सरकार बाली बिकास तथा कृषि जैविक बिबिधता बिकास केन्द्रले 'स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक बिबिधता' यो बर्षको मुल नारा सहित यस क्षेत्रका किसान उध्यमी, अभियान्ता र तमाम शुभेच्छुकहरुको मन जित्न सफल भएको छ ।

मुनाले कोभिड १९ को महामारीको शुरुमा काठमाडौँ महानगरसँग सहकार्य गर्दै शुरु गरेको ब्यवसायले आजसम्म २००० भन्दा बढी कृषि तथा जडिबुटिजन्य खाद्दबस्तुहरुलाई सचेतना सहित बिक्री बितरण गर्ने क्रममा ग्रामीण दूर दराजका साना किसान, साना तथा माझौला उध्यमिहरु र उपभोक्ताहरुलाई प्रत्यक्ष जोड्दै नेपालको कृषि जैविक बिबिधताको सन्रक्षण र प्रबर्द्दनमा टेवा पुर्याउन सान्प भए पनि भूमिका निर्बाह गर्ने प्रयत्न गरी रहेको छ ।

मुनाले यस बर्ष पनि सदा झै कृषि जैविक बिबिधता सप्ताह मनाउदै रहेको छ । काठमाडौँ महानगरले पौष मसान्तका दिन दरबार हाइस्कुलमा आयोजित रैथाने खाद्द परिकार मेलामा सक्रिय सहभागिता जनाएको छ । माघ १ गते मुना कृषि लिमिटेडको सानेपा स्थित कर्पोरेट कार्यालय परिसरमा रैथाने खाद्य परिकारहरु ग्राहक तथा शुभेच्छुकहरु माझ पस्केर मनाएको छ । माघ २ र ३ गते कृषि बिभाग परिसरमा सक्रिय सहभागिता जनाउने छ भने माघ ५ गते मुनाबजार गोल्फुटार बुढानिलकण्ठमा सदा झै शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिनेछ ।

यससँगै ललितपूर र पोखराका मुनाबजार शाखाहरुमा पनि कृषि जैविक बिबिधता सप्ताह मनाइने कार्यक्रम रहेको छ ।

निजी क्षेत्रको यस प्रयासलाई सरकारले आफ्नै सक्रियतामा अनुगमन, नियमन र प्रोत्साहनका कार्यक्रमहरु लागु गरिनु पर्ने यस क्षेत्रका विज्ञहरु बताउछन् । रैथाने बाली र प्राबिधिको सन्रक्षण, सम्बर्द्दन र बिकास सहज छैन ।

सिमित श्रोत र साधनबाट मुनाफा कमाउन स्थापित निजी ब्यवसायले पनि सरकारको निती तथा कार्यक्रममा हातेमालो गर्नु गराउनुलाई मुनाले कर्तब्य ठानेको छ । कृषि जैविक बिबिधताको चेतनामूलक अभियानलाई उध्यमशिलता सँग जोडेर दिर्घकालिन निती तथा कार्यक्रमहरु मार्फत निजी क्षेत्रलाई नाफा सँगसंगै जोडेर कृषि पर्यटन, कृषि पर्याबरण, कृषिमैत्री जीवनशैली, कृषिमा आधारित् उध्योग, कृषि आधारित आर्थिक कुटनीति लगायत सरलिकृत र बिशिष्टिकृत नीति तथा कार्यक्रमहरु प्रभावकारी गर्न गराउन गरुरी छ । पृथ्वी साझा घर हो, कृषि जीवनको भर हो - मुनाले जोड्ने गाउ र शहर हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै