• २०८१ माघ ११ शुक्रबार

आज २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै

kharibot

काठमाडौं । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

विसं १९९० माघ २ गतेका दिउँसो २:२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।

भूकम्पविदहरुले भूकम्प गएमा के गर्ने ? के नगर्ने ? विपद्‌मा कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरू के हुने ? लगायत विषयमा सचेतना बढाउन सकेमा आगामी दिनमा भूकम्पीय क्षति कम गर्न सकिने बताउदै आएका छन् । सम्भावित धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र पूर्वसूचना प्रणालीको विकासलाई प्राथमिकता दिनुपर्ने उनीहरुको जोड रहेको छ ।

१९९० को भूकम्पमा परी नेपालमा आठ हजार ५१९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो भने ८० हजार घर सहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए । यसैगरी २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पमा आठ हजार ६७० जनाको मृत्यु भएको थियो । जसकारण सात लाखभन्दा बढी आवासमा क्षति पुगेको थियो ।

गत वर्षको कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा पनि जनधनको धेरै क्षति भएको छ । उक्त भूकम्पमा परी १५३ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै