• २०८१ पौष २० शनिबार

अस्ट्रेलियाको पर्थमा स्टोर नि: शुल्क गरेपछि भागदौड

kharibot

काठमाडौँ । अस्ट्रेलियाको पर्थमा रहेको एक स्टोरमा सित्तैमा सामान लिदा भागदौड भएको छ । मानिसहरु धकेल्दै पसल भित्र पसे र त्यहाँबाट सामान लिएर गए । यस भागदौडमा केही व्यक्ति घाइते पनि भएका छन् । पसलमा भएको भागदौडको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पर्थको स्ट्रीटएक्स स्टोरका मालिकले बक्सिङ डे सेलको एक भागको रूपमा मानिसहरू आएर स्टोर लुट्ने घोषणा गरेका थिए । आइतबार बिहान पसल खुल्नेबित्तिकै यहाँ भागदौड मच्चिएको थियो । ठूलो संख्यामा मानिसहरु पसल भित्र पसेर सामान लिएर गए ।स्ट्रीटएक्स स्टोरका मालिक डेनियल ब्राडशाले क्रिसमस अघि मानिसहरू आएर उनको स्टोर लुट्न सक्ने घोषणा गरेका थिए । उनको योजना टी–सर्ट वितरण गर्ने थियो ।

पसलमा राखिएका ४०० भन्दा बढी सामान मात्र ३० सेकेन्डमा गायब भएको पसल मालिकले बताए । उनले ग्राहकहरूलाई केही रमाइलो दिन चाहेको भएपनि भागदौडका कारण सम्भव नभएको बताए ।  घटनाको भिडियो सामाजिक सञ्जालमा बाहिर आएको छ । जसमा मानिसहरु दुध पिउने र खाना एकअर्कामा फालिरहेको देख्न सकिन्छ ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसमा सयौं मानिस पर्थको स्ट्रिटएक्स नामक पसलतर्फ दौडिरहेको देखिन्छ । जसमा हेलमेट र काँधमा प्याड लगाएका एक व्यक्ति पसलभित्र पस्न धकेल्दै गरेको देखियो । पसलको शटर खुल्ने बित्तिकै मानिसहरु भाग्न थाले । यस अवधिमा केही व्यक्ति घाइते भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै