काठमाडौँ । अमेरिकी सरकारसँग देश चलाउनको लागि कोष सकिएको छ । अमेरिकी तल्लो सदनले सरकारलाई अनुदान दिने विधेयक अन्तिम समयमा पारित गरेपछि तत्कालका लागि शटडाउन टरेको छ । अमेरिकी तल्लो सदनमा विधेयकको पक्षमा ३६६ मत परेको थियो भने ३४ रिपब्लिक सांसदले विपक्षमा मतदान गरेका थिए । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहयोगी एलन मस्कको समर्थनमा रिपब्लिकन पार्टीले यो विधेयक पेश गरेको थियो ।
विधेयक पारित गर्न ४३५ सांसदको सदनबाट दुई तिहाइ वा २९० मत आवश्यक थियो । अब यो विधेयक सिनेटबाट पनि पारित हुने विश्वास व्यक्त गरिएको छ ।
यसअघि हाउसका स्पीकर माइक जोन्सनले डेमोक्रेटिक पार्टीसँग मिलेर विधेयक तयार गरेका थिए । तर, डोनाल्ड ट्रम्प र मस्कले यो विधेयकप्रति कडा आपत्ति जनाएका थिए र यसलाई पेश हुन दिएनन् ।
सरकारी खर्च जुटाउन संसदबाट विधेयक पारित गर्नुपर्छ । अमेरिकामा सरकारी ऋणको सीमा छ । देश चलाउन योभन्दा बढी ऋण लिन सक्दैनन् । सरकारलाई नगदविहीन हुन नदिन वर्षौंदेखि यो सीमा पटक पटक बढाइएको छ । यसका लागि अमेरिकी संसद् हाउस अफ रिप्रिजेन्टेटिभमा एउटा विधेयक ल्याइएको छ ।
हालको विधेयक ट्रम्पले ल्याएका हुन्, ताकि उनी राष्ट्रपति भएमा सजिलै देश चलाउन सकोस् । जसलाई प्रतिपक्षले अस्वीकार गरेको छ । यसको सीधा अर्थ हो कि अमेरिकाले खर्चको लागि पैसा पाउने छैन । विधेयक अस्वीकृत भएपछि पुनः पारित गर्ने अन्तिम समय आज अर्थात शुक्रबारसम्म हो । यसपछि पनि विधेयक पारित भएन भने अमेरिकी सरकारसँग सरकारी खर्चका लागि पैसा बाँकी रहने छैन ।
अमेरिकामा शटडाउन भएमा सरकारले आफ्नो खर्च कटौती गर्नुपर्नेछ । युएसए टुडेका अनुसार यसका कारण २० लाख कर्मचारीले तलब पाउने छैनन् र अत्यावश्यक बाहेकका कर्मचारीलाई बिदामा पठाइनेछ । जसका कारण त्यतिबेलासम्म देशका धेरै संस्था बन्द रहन सक्नेछन् ।
गत ५० वर्षमा, अमेरिकामा फन्डिङ बिलहरू रोकिएका कारण २० पटक शटडाउन भएका छन् । ट्रम्पको अन्तिम कार्यकालमा मात्रै सरकारलाई ३ पटक बन्दको सामना गर्नु परेको थियो । २०१९ शटडाउन अधिकतम ३५ दिनसम्म जारी रह्यो, जसका कारण अमेरिकी अर्थतन्त्रलाई ४० हजार करोड रुपैयाँको नोक्सान भएको थियो ।