काठमाडौँ । अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट ड्र भएको छ ।
टेस्टको पाँचौं दिन अस्ट्रेलियाले भारतलाई २६० रनको लक्ष्य दिएपनि भारतले ८ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।
यस टेस्टको पहिलो इनिंगमा अस्ट्रेलियाले ४४५ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा २६० रन बनाएको थियो । त्यसपछि अस्ट्रेलियाले दोस्रो इनिंगमा ७ विकेट गुमाएर ८९ रन बनाएर इनिंग घोषणा गरेको थियो ।
यो टेस्ट ड्र भएपछि ५ खेलको सिरिज १-१ को बराबरी रहेको छ । त्यस्तै अब चौथो टेस्ट बक्सिङ डे टेस्ट हुदै छ । यो टेस्ट डिसेम्बर २६ बाट शुरु हुने छ ।