• २०८१ पौष ३ बुधबार

भानुआटुमा भूकम्प, अहिलेसम्म १४ जनाको मृत्यु

kharibot

काठमाडौँ । भानुआटुमा आएको ७.३ रेक्टर स्केलको भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । यसैबीच, खोजी टोली व्यक्तिहरूको खोजीमा व्यस्त रहेका छन् ।

भूकम्पमा परी २ सय जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको बताइएको छ ।

भानुआटु प्रहरीले सात दिनका लागि ‘आपतकालिन अवस्था’ लागू गरिएको जनाएको छ । भूकम्पका कारण धेरैजसो घरहरु ध्वस्त भएका छन् र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

भानुअतु दक्षिण प्रशान्त क्षेत्रमा ८० साना टापुहरु को एक देश हो । यो फिजीको पश्चिम र अष्ट्रेलियाको पूर्वमा अवस्थित छ । यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्दछ र यहाँ ठूलो संख्यामा भूकम्प र अन्य प्राकृतिक प्रकोपहरू भइरहन्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै