• २०८१ मङ्सिर ३० आइतबार

चितवनले जनकपुरलाई हरायो, पोखरा र विराटनगर प्लेअफबाट बाहिरिए

kharibot

काठमाडौँ । चितवन राइनोजले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो ।

चितवनले दिएको १८१ रनको लक्ष्य पछाएको जनकपुरले १८ ओभरमा १४८ रन बनाएर अल आउट भएपछि चितवन ३२ रनले विजयी भएको हो ।

जनकपुरका लागि जिम्मी निशामले ६५ रन बनाए पनि अन्य ब्याट्सम्यानले योगदान नगर्दा हार बेहोरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेर कप्तान कुशल मल्लको ७२ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

यो जितपछि चितवनको ७ खेलमा ८ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । चितवन प्लेअफको नजिक पुगेको छ ।

त्यस्तै प्लेअफमा यसअघिनै स्थान बनाएको जनकपुरको ७ खेलमा १० अंक रहेको छ ।

जनकपुरले हार बेहोर्दा अन्य दुई फ्रेन्चाईजी विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने प्लेअफको दौडबाट बाहिरिएका छन् । योसँगै विराटनगर र पोखरासहित लुम्बिनीको प्लेअफको सम्भावना सकिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै