• २०८१ मङ्सिर २८ शुक्रबार

प्रधानसेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

kharibot

काठमाडौँ । मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोक राज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन् । 

नेपाल-भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ । 

प्रधानसेनापति सिग्देलले आजै भारतका माननीय रक्षामन्त्री राजनाथ सिंहसँग शिष्टाचार भेट गरेका छन् । त्यसै गरी, उनले थल सेना भवन परिसरमा वृक्षारोपण समेत गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै