• २०८१ पौष ४ बिहीबार

भारतविरुद्धको टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी

kharibot

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा हार बेहोरेको छ । टेस्टको तेस्रो दिन अस्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो ।

यस टेस्टमा भारतले अस्ट्रेलियालाई केवल १९ रनको लक्ष्य दिएको थियो ।

यस अघि भारतले पहिलो इनिंगमा १८० रन बनाएको थियो भने अस्ट्रेलियाले ३३७ रन बनाएको थियो । त्यस्तै भारतले दोस्रो इनिंगमा केवल १७५ रन मात्र बनाएपछि अस्ट्रेलियाले १९ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज १-१ ले बराबरी गरेको छ ।

अब सिरिजको तेस्रो टेस्ट १४ डिसेम्बरदेखि ब्रिसबेनमा हुने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै