धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई मस्तिष्क घात भएको छ ।
शुक्रबार हमालको स्वास्थ्यमा समस्या आएपछि धनगढी स्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो ।
तर त्यहाँ उनको उपचार सम्भव नभएपछि शनिबार नयाँ दिल्लीतर्फ लगिएको छ । उनलाई भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा लागिएको छ ।
हमाल २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर धनगढीको नगरप्रमुखमा निर्वाचित भएका थिए ।