• २०८१ मङ्सिर २० बिहीबार

प्रतिष्ठानहरुमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु- मन्त्री पाण्डे

kharibot

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संघदेखि स्थानीय तहसम्मका प्रतिष्ठानमा देखिएको अस्पष्ट्ता हटाउन जरुरीको बताएका छन् । 

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा  सम्पन्न भएको प्राज्ञिक भेलाबाट प्राप्त भएका सुझाव ग्रहण गर्दै मन्त्री पाण्डेले प्रतिष्ठानहरुमा देखिएको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।  

भेलामा तीनओटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम, तीनओटै प्रज्ञा–प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भए अनुसार कायम हुनपर्ने, प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनु पर्ने लगायतका विषयमा छ्लफल गरेका थिए । मन्त्री पाण्डेले छलफलमा उठेका विषय विषयगत समितिको बैठकमा प्रस्तुत गर्ने बताएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै