• २०८१ मङ्सिर १८ मंगलबार

रवि लामिछानेको काठमाडौँमा बयान सकियो

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ । 

सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा तीन दिनसम्म चलेको बयान सकिएको हो ।  बयानका क्रममा लामिछानेलाई ७४ प्रश्न सोधिएको बताइएको छ ।

बयानमा लामिछानेले निरन्तरूपमा सहकारीमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन गएको बिहीबार काठमाडौं ल्याइएको थियो । शुक्रबारदेखि उनको बयान लिन थालिएको थियो ।

लामिछानेलाई यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका विषयमा बयान लिन पोखराबाट त्यहाँ समेत लगिएको थियो । गत कात्तिक २ गते उनलाई रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो ।

लामिछानेसहित अन्यविरुद्ध पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम अपचलनका विषयमा समेत प्रहरीले पक्राउ पुर्जी लिने तयारी गरेको छ ।  लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको छ । लामिछानेलाई मंलगबार पोखरा लैजाने तयारी छ । 

उनीविरुद्ध कास्की, रुपन्देही र काठमाडौँसँगै चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै