काठमाडौँ । नेकपा एकीकृत समाजवादीका कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार भानु रिजालले अन्तत: आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
रिजालले मंगलबार आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गर्ने जानकारी दिएका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रिजाललाई यसअघि नै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए तर, रिजालले फिर्ता लिएका थिएनन् । मनोनयन दर्तासमेत गरिसकेका रिजालले मङ्गलबार उम्मेदवारी निष्क्रिय पारेका हुन् ।
यससँगै आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने पक्का भएको छ ।
रिजालको विज्ञप्ति: