• २०८१ मङ्सिर ९ आइतबार

धितोपत्र बोर्डको अध्यक्षका लागि छानिएका तीन जनाको अन्तर्वार्ता आज हुदै

kharibot

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा अन्तिम छनौटमा परेका तीनजनासँग अन्तर्वार्ता लिइँदै छ ।

अध्यक्ष सिफारिस समितिले उनीहरूलाई आज अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाइएको हो । समितिले उनीहरूसँग बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । 

यसअघि असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी परेको भन्दै अन्तर्वार्ता तथा प्रस्तुतीकरण स्थगित गरिएको थियो ।

पहिलोपटक र दोस्रोपल्ट नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकारी कृष्णबहादुर कार्की, धितोत्रप बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) का अध्यक्ष चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा सहभागी भएका थिएनन् ।

उनीहरूले दुईपटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेपछि बोर्डको अध्यक्ष छनोटमा समस्या आएको थियो । यी तीनजनालाई सिफासिस समितिले सूचना निकालेर अन्तर्वार्तामा बोलाएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै