काठमाडौँ । नेकपा एमालेको जागरण सभाका लागि र्याली शुरु भएको छ । भद्रकालीबाट शुरु भएको र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।
एमालेले जागरण सभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने बताएको छ ।
कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरुलाई जवाफ दिन यो जागरण सभा गरेको बताएको छ ।
एमालेको र्यालीका कारण काठमाडौँको दरबारमार्ग क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।