• २०८१ मङ्सिर २ आइतबार

आम आदमी पार्टीलाई झट्का, मन्त्री गहलोतले छोडे पार्टी र सरकार

kharibot

काठमाडौँ । दिल्ली सरकारका मन्त्री एवं आम आदमी पार्टीका नेता कैलाश गहलोतले सरकार र पार्टीबाट राजीनामा दिएका छन् ।

दिल्ली सरकारका यातायात मन्त्री गहलोतले आम आदमी पार्टीको मन्त्री पद र प्राथमिक सदस्यताबाट राजीनामा दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गहलोतले मन्त्री पदबाट राजीनामा दिल्लीका मुख्यमन्त्री आतिशीलाई बुझाएका छन् ।

गल्होतले आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई सम्बोधन गर्दै पत्र लेखेका छन् र सोही पत्रमा राजीनामाको घोषणा गरेको बताइएको छ ।

केजरीवाललाई सम्बोधन गर्दै गहलोतले लेखेका छन्- 'मलाई दिल्लीको मन्त्री र विधायकको रूपमा जनताको सेवा गर्ने मौका दिनुभएकोमा धन्यवाद । तर म तपाईलाई भन्न चाहन्छु कि आम आदमी पार्टीले आज ठूलो चुनौतीहरूको सामना गरिरहेको छ ।' गहलोतले जनताप्रतिका प्रतिबद्धताको सट्टा राजनीति हावी भएको र यमुना नदीलाई सफा गर्ने चुनावी वाचा पुरा गर्न नसकेको उल्लेख गरको बताइएको छ ।

दिल्लीमा आगामी फेब्रुअरीमा हुने विधानसभाको चुनाव अगाडी गहलोतले पार्टी छोडेपछि आम आदमी पार्टीलाई झट्का लागेको विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै