कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–४ भासी ईलाकाबाट कार्तिक ११ गते सशस्त्र प्रहरीले १५ लाख रुपैयाँ बराबरको करीव ५ हजार थान मोवाईलको कभर बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको मोवाईलको कभर सुरक्षा वेश मझगाउँ कञ्चनपुरले बरामद गरेको हो ।
बरामद मोवाईलको कभर आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाईएको छ ।