• २०८१ बैशाख १६ आइतबार

महेन्द्रनगरको कन्चनपुरमा डिशहोम फाईवरनेटको सह–वितरण शो-रुमको शुभारम्भ

kharibot

काठमाडौँ । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले महेन्द्रनगर कंचनपुरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट रिजनलसेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स  म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सम्पन्न भएको थियो ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको  न्यू केदार  ईन्टरप्राईजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ शो-रुम मार्फत दिनेछ। 

श्रावन २६ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको छ ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू केदार  ईन्टरप्राईजले अव अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने न्यू केदार  ईन्टरप्राईजका संचालक गोकुल देव जोशीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै