• २०८१ कार्तिक ९ शुक्रबार

लामो समयदेखि फरार १७ प्रतिवादी पक्राउ

kharibot

रौतहट । फैसला कार्वान्यन गर्ने अभियान अन्तर्गत रौतहट प्रहरीले लामो समय देखि फरार रहेका १७ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना रोकिएर फरार रहेका १७ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कुटपिट मुद्दामा संलग्न गरुडा नगरपालिका ७ का रामदेव यादव सहित १३ जना, वडा ५ का अभद्र ब्यवहार मुद्दाका कारण यादव, वडा १ का सवारी अङ्गभङ्ग मुद्दाका हरिशचन्द्र यादव र गौर ३ का अनुचित लेनदेन मुद्दाका भागराथ साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्। 

उनीहरूबाट कैदसंगै १ लाख ८० हजार जरिवाना असुल तथा कारवाहीको लागि जिल्ला अदालत गौर र जिल्ला प्रशासन कार्यालय गौरमा बिहीवार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। पछिल्लो समय रौतहट प्रहरीले फरार प्रतिवादी पक्राउ गर्ने अभियान चलाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै