• २०८१ कार्तिक ९ शुक्रबार

मिचेल सान्टनरले ध्वस्त पारे भारतको ब्याटिंग, १५६ रनमै अल आउट

kharibot

काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको दोस्रो टेस्टमा पनि खराब प्रदर्शन जारी राखेको छ ।

टेस्टको दोस्रो दिन आफ्नो पहिलो इनिंगमा भारत १५६ रनमा अल आउट भएको छ ।

भारतका लागि रविन्द्र जडेजाले सर्बाधिक ३८ रन बनाए भने शुभमन गील र यशस्वी जैसवालले ३०-३० रन बनाएका थिए ।

भारतको ब्याटिंग लाइनलाई ध्वस्त गर्नेक्रममा न्यूजील्याण्डका बलर मिचेल सान्टनरले ७ विकेट लिएका छन् भने ग्लेन फिलिपले २ तथा टिम साउथीले एक विकेट लिएका थिए ।

योसँगै न्यूजील्याण्डले पहिलो इनिंगमा १०३ रनको अग्रता लिएको छ र यस टेस्टमा बलियो अवस्थामा पुगेको छ । न्यूजील्याण्डले यस टेस्टमा टस जितेर पहिला ब्याटिंग गर्दै २५९ रन बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै