• २०८१ कार्तिक ९ शुक्रबार

अमेरिकी क्रिकेटर ट्रोम्प जनकपुरबाट एनपीएल खेल्ने

kharibot

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुआ ट्रोम्पलाई अनुबन्ध गरेको छ । जनकपुरले जोसुआलाई अनुबन्ध गरेको जानकारी दिएको हो ।

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन् । उनी दायाँ हाते ब्याटसम्यान र दायाँ हाते मेडियम पेस बलर हुन् ।

जनकपुरले यसअघि न्यूजियाल्डका जिम्मी निशामलाई भित्र्याएको थियो ।

जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान आसिफ सेख रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । 

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौँ गुर्खाज

- नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
 
लुम्बिनी लाइन्स

- इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज

जनकपुर बोल्ट्स

- न्यूजील्याण्डका जिम्मी निशाम
- अमेरिकाका जोसुआ ट्रोम्प

पोखरा एभेन्जर्स 

- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
- नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
- अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
- पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब

बिराटनगर किंग्स

- ओमानका कप्तान आकिब इलियास

कर्णाली याक्स

- पाकिस्तानका अल राउण्डर हुसैन टलात

चितवन राइनोज

- दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै