• २०८१ कार्तिक ९ शुक्रबार

कर्णालीमा दश हजार क्वीन्टल भन्दा बढी सहुलियतको खाद्यान्न बिक्री

kharibot

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा १० हजार ९२ क्वीन्टल ८५ किलोग्राम खाद्यान्न बिक्री गरेको छ ।

कम्पनीले नौ जिल्लामा रहेका डिपो मार्फत दशैंलाई लक्षित गरि सुपथ मुल्यामा यो परिणाको खाद्यान्न विक्री गरेको प्रदेश कार्यालयका लेखापाल पर्वत सापकोटाले जानकारी दिए । असोज ६ गते देखि असोज ३० गते सम्मा यो परिणममा खाद्यान्न (चामल) विक्री भएको उहाँको भनाई रहेको छ । कम्पनीले तेल र घ्यू समेत विक्री गरेको उनले जानकारी दिए । 

२७ हजार ८ सय ९९ .५० लिटर तेल विक्री भएको छ । हुम्लामा १ हजार ९८०.२५ क्वीन्टल , दैलेखमा ३९५.४० क्वीन्टल , जुम्लामा १ हजार १४८.२५ क्वीन्टल , मुगुमा १ हजार ६६२.५० क्वीन्टल , जाजरकोटमा ६४६.१० क्वीन्टल , रुकुम पश्चिममा ४५४.२५ , कालिकोटमा ९२० , डोल्पामा १ हजार ४७८.८५ र सुर्खेतमा २ हजार १०४.२५ क्वीन्टल चामल विक्री भएको प्रदेश कार्यालयले जानकारी दिएको छ  ।

सहुलियत दरमा विक्री भएको खाद्यान्न तथा तेल , घ्यू स्थानीयबासीले खुसीका साथ खरिद गरेर लिएको प्रदेश कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए ।

यो पटक कम्पनीले दुर्गम गाउँमा समेत सहुलिय चामल विक्री गरेको थियो । सदरमुकाममा मात्र केन्द्रीत हुँदै आएकोमा यो पटक दुरदराजमा समेत व्यापार भएको उनको भनाई रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै