• २०८१ कार्तिक ८ बिहीबार

जिम्बाबेले तोड्यो नेपालको किर्तिमान, टी-२० मा बनायो सर्बाधिक रन 

kharibot

काठमाडौँ । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ ।

बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलमा  गाम्बियाविरुद्ध ३४४ रन बनाउदै यस अघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो ।

नेपालले २०२३ को सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३१४ रन बनाउदै टी-२० क्रिकेटमा सर्बाधिक रन बनाउने किर्तिमान बनाएको थियो । 

जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउने क्रममा सिकन्दर राजाले अविजित १३३ रन बनाएका थिए । उनले ३३ बलमा शतक समेत बनाएका थिए भने ४३ बलमा १३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले ५०, ताडीवानासी मारुमानीले १९ बलमा ६२, क्लिभ माडानडेले १७ बलमा अविजित ५३, रयान बर्लले ११ बलमा २५ रन बनाएका थिए ।

जिम्बाबेले यो खेल २९० रनले जितेको थियो । ३४५ रनको लक्ष्य पछाएको गाम्बिया १४.४ ओभरमा केवल ५४ रन बनाएर अल आउट भएको थियो ।    
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै