• २०८१ कार्तिक ७ बुधबार

प्रचण्डसहित विपक्षी दलका नेताहरु राष्ट्रपति निवासमा

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसहितका विपक्षी नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन प्रचण्डसहित विपक्षी दलका नेताहरु शीतल निवास पुगेका हुन् ।

उनीहरुले सरकारले ठोस काम गर्न नसकेको, बाढी पहिरो पिडितको समयमा उद्धार र राहत दिन नसकेको, विपक्षी दलका नेताहरुलाई निशाना बनाएको लगायतका आरोप लगाउदै राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउने बताएका छन् ।

यसअघि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण पत्र बुझाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै