• २०८१ कार्तिक ७ बुधबार

शख्तर डोनेटस्कविरुद्ध आर्सनल विजयी

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले शख्तर डोनेटस्कलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले डोनेटस्कलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको २९औ मिनेटमा शख्तर डोनेटस्कका डिमीट्रो रिजनायकले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो आर्सनलको यस सिजनको च्याम्पियन्स लिगमा दोस्रो जित हो । ३ खेलमा ७ अंक हासिल गरेको आर्सनल लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै शख्तर डोनेटस्कको भने ३ खेलमा केवल एक अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै