• २०८१ कार्तिक ६ मंगलबार

साफ महिला च्याम्पियनसिपमा आज भारत र बंगलादेश भिड्दै

kharibot

काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आज भारत र बंगलादेश आमने सामने हुदै छन् ।

दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

समुह ए अन्तर्गतको यो खेल बंगलादेशका लागि महत्वपूर्ण रहेको छ । भारत यस समुहबाट सेमिफाइनलमा पुगिसकेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेपछि सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । त्यस्तै आफ्नो पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको बंगलादेश भारतसँग २ भन्दा बढी गोल अन्तरले पराजित नभएमा पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ ।

अहिले शुन्य गोल अन्तरसहित एक अंक हासिल गरेको बंगलादेश दोस्रो स्थानमा छ भने -३ गोल अन्तरसहित एक अंक हासिल गरेको पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।

बंगलादेश पाकिस्तानसँग १-१ गोलले बराबरीमा रोकिएका थिए भने भारतले पाकिस्तानलाई ५-२ ले पराजित गरेको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै