• २०८१ कार्तिक ६ मंगलबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ

kharibot

काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ ।

जसमा भक्तपुर, मध्यपुरठिमी नगरपालिका-४ राधेराधेस्थित द टाउन किचेन रेष्टुरेन्ट एण्ड क्याफे नजिकबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम ९ सय ८० ग्राम सहित काठमाडौं कलंकी बस्ने मकवानपुर कैलाश गाउँपालिका-६ घर भएका २४ वर्षीय सुरेन्द्र तामाङ समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

उदयपुर, बेलका नगरपालिका-९ पुष्पाञ्जली टोलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४७ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी भोक्राहा गाउँपालिका-३ बस्ने २४ वर्षीय राजारोहित यादव र २१ वर्षीय अनिस शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले को.१६ प ४५१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सर्लाही, बागमती नगरपालिका-१२ भरत ताल जाने सडकबाट अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित बरहथवा नगरपालिका-९ बस्ने ४२ वर्षीय राम अयोध्या मुखियालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ना.३० प २१७ नम्बरको मोटरसाइकल चालक रामलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।  

कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६०  मिलिग्राम सहित गोदावरी नगरपालिका-१० दमौरा  बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ सदभावना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका बस्ने २७ वर्षीय बसन्त चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-७ शान्तिपथ र सोही उपमहानगरपालिका-१५ बगरकोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५५ क्याप्सुल, स्पास्पेन १ हजार २ सय ५५ चक्की  डिकोलिक ७० चक्की र नगद २ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २२ वर्षीय गौरव चौहान समेत ६ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, रतुवामाई नगरपालिका-२ डोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट संयुक्त रूपमा खटिएको प्रहरीले मे. ५ प १२३६ नम्बरको मोटरसाइकल चालक झापा कमल गाउँपालिका-५ बस्ने ४० वर्षीय संजय लिम्बुलाई २ ग्राम ५ सय मिलिग्राम, मे.८ प ७१७१ नम्बरको मोटरसाइकलमा सवार दमक नगरपालिका-३ बस्ने २३ वर्षीय राजिब भुजेललाई ७ सय २० मिलिग्राम र सोही मोटरसाइकलमा सवार २३ वर्षीय अर्जुन लिम्बुलाई ५ सय मिलिग्राम, मे. २ प ४६८२ नम्बरको मोटरसाइकलमा सवार मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने ३१ वर्षीय डेबिड खड्का र ३५ वर्षीय हेम बहादुर लिम्बुलाई १ ग्राम २ सय ८० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै