• २०८१ कार्तिक ६ मंगलबार

शंकर पोखरेल भन्छन्- एमालेको चिन्ता नगर्नु !

kharibot

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  एमालेको चिन्ता नगर्न आग्रह गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै महासचिव पोखरेलले अहिले फरक पार्टीका नेता तथा कार्यकर्ताले एमालेको भविष्यको चिन्ता गर्दै अनेक सुझाव दिइरहेको उल्लेख गर्दै एमालेको चिन्ता नगर्न आग्रह गरेका हुन् ।  

उनले भनेका छन्-  

यतिवेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा(एमाले)को भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ आफ्नो पार्टी राम्रो बनाउन लागे अरुका वारेमा चिन्ता गर्नै पर्दैन नि ।

नेकपा (एमाले) लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाह छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा(एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो ।

भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ । जनताका वीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।

तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै