• २०८१ कार्तिक ५ सोमबार

माल्दिभ्समा विदेशी मुद्राको संकट, स्थानीय मुद्रामा मात्र कारोबार गर्ने निर्णय

kharibot

काठमाडौँ । डलर संकटको सामना गरिरहेको माल्दिभ्सले नयाँ विदेशी विनिमय नियम लागू गरेको छ ।

यस अन्तर्गत माल्दिभ्समा लेनदेन स्थानीय मुद्रामा मात्र गर्ने भएको छ । विदेशी मुद्रामा हुने कारोबारहरू निर्यात जस्ता निश्चित सेवाहरूमा सीमित हुनेछन् ।

पर्यटकीय प्रतिष्ठान र बैंकहरूमा अनिवार्य विदेशी मुद्रा नियन्त्रण गरिएको छ । माल्दिभ्सको केन्द्रीय बैंक माल्दिभ्स मौद्रिक प्राधिकरणले आयात बिलसँग विदेशी मुद्रा सञ्चिति नमिलेको कारण अक्टोबर १ मा नयाँ नियम लागू गरेको थियो ।

गत वर्ष राष्ट्रपति मोहमद मुइज्जुले इन्डिया आउट अभियान सुरु गरेपछि ठुलो संख्यामा माल्दिभ्स पुग्ने भारतीय पर्यटकको संख्या घटेको थियो । जसको कारण माल्दिभ्समा संकट बढेको बताइएको छ ।

राष्ट्रपति मोइज्जुले आर्थिक सुधार गर्न गत साता मात्र करिब ५० मन्त्रीसहित दुई सयभन्दा बढी राजनीतिक नियुक्ति पाएकाहरुलाई हटाउने निर्णय गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै