• २०८१ कार्तिक ५ सोमबार

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

kharibot

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ ।

जसमा काठमाडौँको कीर्तिपुर नगरपालिका-२ कीर्तिनगर बस्ने तिर्थराज न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा दोलखा भिमेश्वर नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ४८ वर्षीय दीपक कुमार थापा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९६ हजार ३ सय ४५ रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-३ बस्ने २४ वर्षीय रोहित सिजापति समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५३ हजार ३ सय ५० रूपैयाँ र १० गड्डी तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लिखोला बस्ने धर्म बहादुर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय देव बहादुर केसी समेत १० जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ३ सय ५ रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै