काठमाडौँ । न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई १५९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८ रन बनाएको हो ।
न्यूजील्याण्डका लागि अमेलिया केरले सर्बाधिक ४३ रन बनाएकी छन् भने ब्रूक हालिडीले ३८ तथा सुजी बाट्सले ३२ रन बनाएकी छन् ।
त्यस्तै दक्षिण अफ्रिकाकी बलर नोनकुलुलेको मिलबाले २ विकेट लिएकी छन् भने आयबोंगा खाका, चलोए ट्रीओन र नादिने डी क्लेर्कले एक एक विकेट लिएका थिए ।