• २०८१ कार्तिक ४ आइतबार

पोखरामा निषेधाज्ञा जारी

kharibot

काठमाडौँ । पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११: ४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन शुरु गरिरहेका छन् भने सहकारी पिडितहरुले पनि पोखरामा प्रदर्शन गर्न शुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै