• २०८१ असोज १५ मंगलबार

जम्मू कश्मीरमा तेस्रो चरणको मतदान आज

kharibot

काठमाडौँ । भारतको केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा १० वर्षपछि विधानसभा चुनाव जारी रहेको छ । जस अन्तर्गत आज तेस्रो तथा अन्तिम चरणको मतदान हुदै छ ।

आज ४० सिटका लागि मतदान हुन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । जसमा जम्मु डिभिजनका २४ सिट र उत्तर कश्मीर उपत्यकाका १६ सिटका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् । तेस्रो चरणमा कुल ४१५ उम्मेदवार मैदानमा छन् । यससँगै सबै ९० विधानसभा सिटमा मतदान प्रक्रिया पूरा हुनेछ । आजको मतदानपछि मतगणना अक्टोबर ८ मा हुने छ ।

जम्मू कश्मीरमा तीन चरणमा विधानसभा चुनाव हुँदैछ। पहिलो चरणमा सेप्टेम्बर १८ मा २४ सिटका लागि मतदान भएको थियो । सेप्टेम्बर २५ मा दोस्रो चरणमा ४० सिटका लागि मतदान भएको थियो । 

आजको मतदानमा ३९ लाख १८ हजार २२० मतदाता मतदान गर्न योग्य छन् । जसमा २०,०९,०३३ पुरुष, १९,४०,०९२ महिला र ५७ अन्य मतदाता रहेका छन् । तेस्रो चरणमा १८ देखि १९ वर्षका युवा मतदाताहरूमध्ये १.९४ प्रतिशतले पहिलो पटक मतदान गर्दै छन् । निर्वाचन आयोगले ५०६० मतदान केन्द्रहरू सिर्जना गरेको छ । साथै, कश्मीरका आप्रवासी मतदाताहरूको लागि २४ विशेष मतदान केन्द्रहरू पनि स्थापना गरिएको छ। जसमा जम्मूमा १९, दिल्लीमा चार र उधमपुर जिल्लामा एउटा विशेष मतदान केन्द्र समावेश छ ।

तेस्रो चरणको निर्वाचनका लागि समग्रमा २० हजारभन्दा बढी मतदान कर्मचारी खटिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै