• २०८१ असोज १२ शनिबार

बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा

kharibot

काठमाडौँ । भारतले बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सुर्य कुमार यादवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

यस सिरिजका शुभमन गिल, ऋषव पन्त र यशस्वी जैसवाललाई आराम दिइएको छ । त्यस्तै विष्फोटक ब्याट्सम्यान अभिषेक शर्मालाई टिममा अवसर दिइएको छ ।

बंगलादेशविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोली :

सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु सैमसन (विकेटकिपर), रिंकु सिंह, हार्दिक पाण्ड्या, रियान पराग, नितिश कुमार रेड्डी, शिवम दुबे, वाशिंगटन सुन्दर, रवि बिश्नोई, वरुण चक्रवर्ती, जितेश शर्मा (विकेटकिपर), हर्षित राना र मयंक यादव ।

भारतले बंगलादेशविरुद्ध अक्टोबर ६, ९ र १२ मा गरी तीन टी-२० खेलको सिरिज खेल्दै छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै