• २०८१ असोज १४ सोमबार

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

kharibot

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । 

दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप्त उजुरीको विषयमा छलफल गर्ने कार्यसूची छ।  बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गरिने छ ।

साथै आजको बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम आज कार्यतालिका तयार गरिनेछ ।

साथै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने पनि समितिले सूचनामा उल्लेख गरेको छ । 

संवैधानिक परिषदले गत भदौ ३१ गते सर्वोच्च अदालतको प्रधानन्याधिशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ । 

यसैबीच प्रस्तावित प्रधान्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी परेको बताइएको छ । असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधिशमा सिफारिस राउतविरुद्ध उजुरी आह्वान गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै