• २०८१ असोज ११ शुक्रबार

सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

kharibot

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते आइतबार दिनको २ बजेका लागि आफ्नो निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

आगामी मङ्सिर १६ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ । बैठकमा कांग्रेसले दसैँको कोजाग्रत पूर्णिमाको दिन आयोजना गर्दै आएको चियापान कार्यक्रमको विषयमा पनि छलफल र निर्णय हुने बुझिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी बाहेक केन्द्रीय समितिबाट चुनिएका ३१ सदस्य हुने गर्दछन् । केन्द्रीय समिति बैठक नभएको बेला कार्यसम्पादन समितिले पार्टीका महत्वपूर्ण निर्णय लिने गर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै