• २०८१ असोज १३ आइतबार

कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिड्न रोक

kharibot

सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

शनिबार अपराहन्न सप्तकोशीमा ५ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । पानीको सतहले पुललाई नाघेपछि पैदल यात्रुलाई पुलबाट हिड्न रोकिएको छ भने सवारी साधनलाई भने जान दिइएको प्रहरीले जानकारी दिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै